स्वागत

यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।

Wednesday, March 30, 2011

गजल


-कृष्ण आलोक


-कृष्ण आलोक 
कति गर्नु मजदुरी साला प्रदेशमा
जे गरे नि पाईदैन माला प्रदेशमा
रगत र पसिना सबै यही बिलिन भा'छ
जवानी, जोस, जिन्दगी नै जाला प्रदेशमा
किन होला मजदुरलाई सबैको हेला मात्र
यस्तै हो की दुनियाको चाला प्रदेशमा
तनै सुकिसक्यो सबै परायाको कारण
बाकी रह्यो अब हड्डी छाला प्रदेशमा
-तग्राम-९, फापरखेत, बागलुङ्ग
हाल- उदाउदोतारा साहित्य समाज, पेनाङ्ग, मलेशिया


 कति गर्नु मजदुरी साला प्रदेशमा
जे गरे नि पाईदैन माला प्रदेशमा

रगत र पसिना सबै यही बिलिन भा'छ
जवानी, जोस, जिन्दगी नै जाला प्रदेशमा

किन होला मजदुरलाई सबैको हेला मात्र
यस्तै हो की दुनियाको चाला प्रदेशमा

तनै सुकिसक्यो सबै परायाको कारण
बाकी रह्यो अब हड्डी छाला प्रदेशमा

                    -तग्राम-९, फापरखेत, बागलुङ्ग
                     हाल- उदाउदोतारा साहित्य समाज, पेनाङ्ग, मलेशिया

No comments:

Post a Comment