स्वागत

यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।

Friday, April 15, 2011

कविता




नया युगको आगमन
                           -जीतमान राई 'सबिन'

साईली
तिमीले पठाएको
शुभ-कामना,
म स्विकारु कि नकारु ?
ती अक्षरहरु मेटौ कि सजाउ ?
भन,
म खुशी हु कि रिसाउ ?
तिमी भन्छौ
नयाा वर्षको हार्दिक
मंगलमय शुभकामना ,

तर
खै त नया वर्षहरु ?
म त देख्छु, उस्तै दैनिकी
थोत्रो सडकको वेरोजगारी यात्रा ।
पुरानै रितीथिती
न त नया बिचारहरु
न त नया उदेश्यहरु
यस्तो क्षणमा
कसरी स्विकारु
यो नया वर्षका
शुभकामना ?
वास्तबमा
नया वर्षको आगमन भनेको
एउटा युगको आगमन हो
तर खै त ?
न युग परिवर्तन भो
न बिचार परिवर्तन भो
मात्र भित्ताको
क्यालेण्डर परिवर्तनलाई
म नया वर्ष कदापी
मान्नै सक्दिन ।
साईली,
अब भन तिम्रो
शुभकामनालाई के गरु ?
च्यातु / सजाउ ?
जलाउ कि चंगा जस्तै उडाउा ?
गरिब झन्- झन् गरिब बन्दै गएको बेला
धनी झन्-झन् धनी बन्दै गएको बेला
युग परिवर्तन भो भन्दै
मलाई नया वर्षको
शुभकामना नपठाउ
साईली ।
देश हराउदै गएको बेला
युवाहरु बिदेशीको गुलाम
बन्न बाध्य भईरहेको बेला
कसैले नया वर्ष आयो भन्दा
म, त्यसलाई
कसरी स्विकारु ?
दिन दहाडै कसैको ज्यान लिन्छ
नया वर्ष काल बनेर ।
न सुरक्षा,
न सत्यता
कडोडौ भ्रष्ट्रचार हुन्छ देशमा
न कारवाही,
न खोजबिन ?
यस्तो बेला तिमी भन्छौ
नया वर्ष आयो ।
यो नया वर्ष हुनै सक्दैन ।
जब सम्म देशमा
शान्ति, सुरक्षा र अमनचयनको
मिठो सन्देश आउदैन
तब सम्म देशमा
नया वर्ष आउनै सक्दैन ।
जुन दिन
करालीमा चामल र नुन
बनेर आउछ नयाा वर्ष,
जुन दिन प्रत्येक जिल्लाहरुमा
सुविधा सम्पन्न अस्पताल र क्याम्पस
बनेर आउछ नया वर्ष,
अनि जुन दिन
गाउ-गाउमा बिजुली बत्ती र मुल सडक
भएर पुग्छ नया वर्ष ,
हो त्यही दिन
साईली
तिमीलाई अंगालो भरी बेरेर
भनौला,
नया वर्षको हार्दिक मंगलमय शुभकामना ।
किनकी त्यती बेला देशमा नया युगको
आनगमन भईसकेको हुने छ ।

लक्ष्मीपुर-५, ईलाम
हालः मलेसिया






No comments:

Post a Comment