आदत
![]() |
गीता थापा दोषी |
म प्राकृतिक
सौन्दर्यताले
हराभरा भएको देशमा
जन्मलिएकि मान्छे
तर मैले मेरो देशमा
नर्कको अनुभूति भन्दा
अरु फरक अनुभूति
गर्न नसकेको
गुनाशो प्रत्क्ष अप्रत्क्ष
यो मनले मसँग
बारम्बार गर्दै आएको
सुनेकि छु
र,सुन्दै आएकि छु
जहाँ कृत्रिमतालाई
सिंगारेर स्वर्गको
स्वरुप दिने ठाउँमा
आएर यो मनले र्याल
चुहाउन जानेको छ
तर सिकेर तिनै कुरालाई
ब्यवहारमा पटक्कै
लागू गर्न जानेको छैन्
किनकी यो मनलाई
कृत्रिमताको
आडमा लुकेर अरुको
दयामायामा बाँच्ने आदत
परेको छ
म भाषाण ज्यादा
ब्यवहारमा कम लागू
गर्ने देशकि मान्छे
म भौतिक सुख
सुविधाका बस्तुमा
बडी चनाखो हुने
तर विचार भने
दुङ्गे युगमै
रहेको देख्न मन पराउँने
देशकि मान्छे
त्यसैले म मेरो
बाहिरी आवरण फेरेर
सुन्दर हुन कुरामा
बडी ध्यान केद्रित गर्न सक्छु
तर अनूपम प्राकृतिको
सौन्दर्यताले हराभरा
मेरो देशको
प्रतिकुलतालाई
अनुकुलतामा बदल्ने
धैर्य र साहस
गर्न सक्तिनँ
किनकी यो मनलाई
कृत्रिमताको आडमा लुकेर
अरुको दयामायामा
बाँच्ने आदत परेको छ
No comments:
Post a Comment