स्वागत

यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।

Wednesday, March 30, 2011

~गीत~


खुशेनिचो

                                       

तिमी छुट्यौ दोबाटोमा एक्लै रोइ रहेँ
यात्रा बीचमै मझधारको डुंगा सरि भएँ

कानै भरि गुन्जिदिन्छ तिम्रै बोलि मात्र 
जता हेर्छु उतै  देख्छु तिम्रै मानचित्र 
भावनाको स्पर्शमा तिमीलाई चुमि रहेँ
यात्रा बीचमै मझधारको डुंगा सरि भएँ

तिमी छुट्यौ दोबाटोमा एक्लै रोइ रहेँ
यात्रा बीचमै माझधारको डुंगा सरि भएँ


कति मिठो गाली तिम्रो झनै मिठो मायाँ
बाध्यताको भुमरीले छुटाई दियो छायाँ  
सम्झनाका मालाहरु मनमै उनि रहेँ
यात्रा बीचमै मझधारको डुंगा सरि भएँ

तिमी छुट्यौ दोबाटोमा एक्लै रोइ रहेँ
यात्रा बीचमै मझधारको डुंगा सरि भएँ

                                                                  दिल्ली 

No comments:

Post a Comment