केशवराज वली 'तुफान' |
सुकेर झरेको पात झै उराठ मेरो जिन्दगी
रातको अध्यारो झै उदास मेरो जिन्दगी
बगीरहेको खोला झै सरल मेरो जिन्दगी
बोझले भरिएको झोला झै गह्रौ मेरो जिन्दगी
बिछोडै बिछोड मात्र पाएको मेरो जिन्दगी
धोका नै धोका पाएको मेरो जिन्दगी
आसु नै आसुले भिजेको मेरो जिन्दगी
कसैको प्रतीक्षा गरीरहेको मेरो जिन्दगी
निस्ठुरीले छोडी गएको मेरो जिन्दगी
उनैले धोका दिएको मेरो जिन्दगी ।।
पञ्चकुले-७, दाङ्ग
No comments:
Post a Comment