स्वागत

यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।

Monday, March 28, 2011

गजल




भुल्नुपर्ने जिन्दगीका पाटा कति-कति
हिड्नु पर्ने जिन्दगीका बाटा कति-कति

मुनाफाको पछि-पछि लागेका छन् सबै
बेहिसाब छ जिन्दगीका घाटा कति-कति

नरोकियोस् समय नरोकियोस् बतास
घुमिसक्यो घडी जिन्दगीका काटा कति-कति

छुट्यो साथ छुट्यो बन्धन एक्लो जीवनमा
जोडियो सबैसंग बिरानो नाता कति-कति

सहदैछु घाउहरु पिडा छोपेर आफै भित्र
छाम्नु पर्ने वेदनाका खाटा कति-कति

1 comment: